त्रिभुवन विमानस्थलमा यति र बुद्धका विमान ठोक्किए
२ माघ, काठमाडाैँ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् । सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् ।

बुद्ध एयरको जहाजको पखेटाले यतिको जहाजमा ठक्कर दिएको थियो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ । दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ ।
प्रकाशित मिति : January 20, 2020 at 11:00 am









