३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेकमा हल्कादेखि मध्यम हिमपात

६ माघ, काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको जनाएको छ । देशका पूर्वी भागमा सामान्य बदली रहेको र अन्य पहाडी भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पश्चिम र मध्यका उच्च पहाडी भेकमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साँझ भने पूर्व र मध्यका तराई क्षेत्रमा मौसम सामान्यत: सफा रहनेछ ।

भोलि भने देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेकका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा छ । यस्तै भोलि पनि मध्य र पश्चिमी उच्च पहाडी भेकमा हिमपातको सम्भावना कायमै छ । महाशाखाले चिसोबाट बच्न सबैमा अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : January 20, 2020 at 8:14 am