नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए राजीनामा
५ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

नियुक्ति भएदेखिनै आलोचनामा परेका उनको काममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक पटक असन्तुष्टि जनाएका थिए। मन्त्री भट्टराईले पटक-पटक हटाउनसक्ने चेतावनी दिइरहँदा राजीनामा बुझाएर खरेल बाहिरिएका हुन्। निगमको बढ्दो घाटा, वाइडबडी विमानका लागि गन्तव्य खोज्न नसक्नु लगायतका कारणले उनीमाथि पद छाड्न दबाब बढेको थियो।
प्रकाशित मिति : January 19, 2020 at 6:27 pm









