३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

हेटौँडाको क्याम्पाडाँडामा महिलाको शव फेला

४ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४/२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् । उनको शव बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो ।

फाइल तस्वीर

प्रहरीका अनुसार उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : January 18, 2020 at 1:56 pm