विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निमोनियाका कारण निधन
३ माघ, काठमाडाैँ । विश्वकै होचो व्यक्तिको कीर्तिमान (५७ सेन्टिमिटर अर्थात २२.०४ इन्च) थियो। ) बनाएका खगेन्द्र थापा मगरको निमोनियाका कारण निधन भएको छ । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।

उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिएका छन । उनका अनुसार खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो । बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो । उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए।
प्रकाशित मिति : January 17, 2020 at 6:09 pm









