३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमसीसीको बिरोध गरेको भन्दै प्रहरीले भोजपुरमा तीन जनालाई सुतेकै ठाउँबाट पक्राउ गर्यो

३ माघ, भोजपुर । मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध गरेको भन्दै तीन जनालाई सुतेकै ठाउँबाट पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङ बिहीबार राति सुतेकै ठाउँबाट पक्राउ परेका हुन । उनीहरूले सामाजिक सञ्जालमा र बजारको चोकमा व्यानर राखेर एमसीसीको बिरोध गरिरहेका थिए ।

स्थानीयका अनुसार प्रहरीले तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट गिरफ्तार गर्न खोजे पनि जनताको प्रतिकारले असफल भएको थियो । तर स्थानीयको प्रतिकारपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो । भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै पक्राउ गरेको स्थायनीयले अारोप लगाएका छन ।

स्थानीयले डीएसपी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले स्थानीयको अनुरोधलाइ अस्वीकार गरे । पक्राउ परेकाहरूले देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर समेत टाँगेका थिए । व्यानरमा भने भीम राइको मात्र नाम रहेको छ ।

प्रकाशित मिति : January 17, 2020 at 2:53 pm