प्रदेश–२ का मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ
३ माघ, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ परेका छन् । प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै शुक्रबार जनकपुरधाममा प्रदर्शनसहित तस्वीरमा जुत्ता प्रहार भएकाे हाे ।
प्रदर्शन गरिरहेको उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरूको तस्वीरमा सार्वजनिक स्थलमै जुत्ता प्रहार गर्न लागेपछि प्रहरीले रोशन ठाकुर, विमलेश चौधरी, रोशन सिंह राणा र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको हो।
शुक्रवार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

उपभोक्त समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए । उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
प्रकाशित मिति : January 17, 2020 at 12:57 pm









