चीनलाई उपहार दिइएको सोल्टी मर्यो, मितिनी शोकमा
काठमाडौँ, माघ ३ गते । नेपालले चीन सरकारलाई उपहार स्वरुप पठाएको एउटा गैँडा मरेको छ । गत वर्ष दुई भाले र दुई पोथी गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो ।
पठाइएका मध्ये मितिनीको जोडी भाले गैंडा सोल्टी चीनको सांघाई पार्कमा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । पेटमा आएको खराबीले सोल्टी मरेको हो । सोल्टी मरेपछि मितिनी भने एक्लै परेकी छिन् ।
यो जोडीसँगै भद्र र रुपसीको जोडी पनि चीनलाई उपहार दिइएको थियो । एक्ली मितिनीको साथी नहुँदा ऊ शोकमा परेको छ । जोडी नभएपछि गैँडामा एक प्रकारको निराशा छाउँछ जसले गर्दा उसका क्रियाकलापमा परिवर्तन हुने र बिरामीसमेत हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : January 17, 2020 at 6:51 am







