२ नाबालक छोरासहित श्रीमान श्रीमती नै पुलबाट त्रिशुलीमा हामफाले
२ माघ, काठमाडौँ । २ बच्चासहित श्रीमान श्रीमती नै पुलबाट त्रिशुलीमा हामफालेका छन् । बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित हामफालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने उनकी श्रीमती २ नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् । त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै २ नाकाबालक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।
नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : January 16, 2020 at 9:01 pm









