१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

धितोपत्र बजारमा २६ अङकको सुधार, नेप्से १३ सय विन्दुमाथि पुग्याे

२ माघ, काठमाडौँ । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।

लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयर रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ ।

यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बीमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.३८, व्यापार २८.५९, होटल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत् ७.९७, वित्त २६.५५, निर्जीवन बीमा १२५.७१,उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बीमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड ५९ लाख ६० हजार २०२, एनआइसी एशिया बैंक रु छ करोड ८३ लाख १६ हजार ८१६, प्रभु बैंक रु चार करोड ८६ लाख ५७ हजार ८०७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ७८ लाख १८ हजार ५५, नेपाल बैंक रु चार करोड २६ लाख ७० हजार ४९४, कुमारी बैंक रु चार करोड दुई लाख २७ हजार ४३६ र प्राइम बैंक रु तीन करोड ८६ लाख ५५ हजार ६४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नबिल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी आइसिएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, तिनाऊँ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स ९.९४, आशा लघुवित्त वित्तीय संस्था ९.९३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.९२ र लक्षमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २.६८, अरुण काबेली पावर २.१५, नेशनल हाइड्रोपावर १.८५, सानिमा बैंकको ऋणपत्र १.८३, लक्ष्मी इक्विटी फण्ड १.८१, गुर्खाज फाइनान्सका शेयरधनीले १.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : January 16, 2020 at 5:13 pm