३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

मार्सी युगमा पूर्ण विराम ! पक्राउ पुर्जी जारी भएलगत्तै दुर्गा प्रसाई फरार

२ माघ, काठमाडौँ । विभिन्न फण्डा गरेर चर्चामा आइरहेका बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न प्रहरीलाइ अनुमति दिएको छ । योसँगै प्रसाइको मार्सी युगमा पूर्ण विराम लागेको विश्लेषण गरिएको छ । सत्ताको छाहारीमा अराजकता मच्चाउँदै आएका प्रसाइले केही दिनअघि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको जानकारी दिएका थिए ।

लगत्तै घुस नमागेको भन्दै उपाध्यक्ष गिरीले आफ्नो मानमर्दन गरेको भन्दै प्रसाइको विरूद्धमा प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले भक्तपुर अदालतबाट प्रसाइलाइ पक्राउ गर्ने अनुमति लिएको हो । गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रकाउको अनुमति पाएपछि प्रसाइलाइ प्रहरीले खोज्न सुरू गरेको छ । स्रोतका अनुसार भक्तपुरस्थित प्रसाइको घरमा गएको प्रहरी रित्तोहात फर्किएको छ । प्रहरी जाँदा उनी घरमा नभेटिएको बताइएको छ ।

प्रकाशित मिति : January 16, 2020 at 1:16 pm