३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : जनचेतनामूलक कार्यक्रम गरिँदै

२ माघ, काठमाडौं । आज भूकम्प सुरक्षा दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ आज २२औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइन लागेको हो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले मूल कार्यक्रम भने भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिनेछ । मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा र्‍यालीको तयारी छ ।

पहिलो र्‍याली लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो र्‍याली भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूलसमारोहको कार्यक्रममा सहभागी हुनेछ ।

विसं १९९० माघ २ गते दिउँसो २:२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : January 16, 2020 at 7:38 am