३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

१ माघ, काठमाडौं बौद्ध धर्मावलम्बीले आजको दिनमा सम्यक दान पर्व भव्य रुपमा मनाउँदै छन् । नेपाल संवत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ ।

सम्यक दान व्यवस्थापन समितिका अनुसार ५ दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ । चतुर्बह्म महाविहारका बज्राचार्य जयरत्ले पर्वको आरम्भ गरेको मान्यता छ ।

यो पर्व हरेक वर्ष मकर संक्रान्तिका दिनमै मनाइने गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्‍न दक्षिणा दिने परम्परा रहेको सम्यक महादान व्यवस्थापन समिति अध्यक्ष गणेश वज्राचार्यले जानकारी दिए ।

काठमाडौँमा १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागबहाल र भक्तपुरमा प्रत्येक वर्ष पर्व मनाउँदै आइएको छ । नःपुखुको पश्चिम थथुवहिको परिसरमा रहेको भुइख्याल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन छ । आजको दिनमा धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा छ ।

प्रकाशित मिति : January 15, 2020 at 8:25 am