युवतीको टाउकोमा वीर्यपात गर्ने युवकलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिदै
२९ पुस, काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्यपात गर्ने युवकलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले अहिले ११ बजे पत्रकार सम्मेलन मार्फत ती युवालाई सार्वजनिक गर्न लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
सार्वजनिक बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्यपात गरेका युवक एक वर्षपछि पक्राउ परेका हुन । ती युवक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले अपराधमा संलग्न ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरिएको जनाएको छ। उनको नाम भने तत्काल सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा वीर्यपात गरेका थिए । यो घटना २०७५ मंसिर महिनाको हो ।
प्रकाशित मिति : January 14, 2020 at 9:55 am









