३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्यपात गर्ने युवक चितवनबाट पक्राउ

२९ पुस, काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्यपात गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन ।सार्वजनिक बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्यपात गरेको आरोपमा एक युवक पक्राउ परेका हुन । ती युवक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले अपराधमा संलग्न ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरिएको जनाएको छ। उनको नाम भने तत्काल सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा वीर्यपात गरेका थिए । यो घटना २०७५ मंसिर महिनाको हो ।

प्रकाशित मिति : January 14, 2020 at 9:16 am