५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राजिनामा माग्न बोलाएकी उपसभामुख शिवमायाले ओली-प्रचण्डको हैसियत सोधेपछि…


२८ पुस, काठमाडाैँ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाइ राजिनामा गराउने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको निर्णयपछि आइतबार बालुवाटार बोलाइयो । बालुवाटारमा बोलाएकी तुम्बाहाङफेले मैले किन राजिनामा दिने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग मसँग राजिनामा माग्ने तपाइहरूको हैसियत के भनेपछि केहीबेर सन्नाटा छाएको थियो ।

पार्टीको शनिबारको निर्णयप्रति जिज्ञासा राख्दै तुम्बाहाङफेले ‘तपाईंहरूले त्यसरी निर्देशन दिन मिल्छ ? कुनै दलमा नभएको व्यक्तिलाई राजीनामा देऊ भनेर निर्देशन दिन कहाँ मिल्छ ? यो निर्णय गर्ने हैसियत तपाईंहरूलाई कसरी आयो ? भन्ने प्रश्न गरिन । उनको प्रश्नपछि ओली-दाहाल नाजवाफ भए । लगत्तै उनले यो निर्णय लेख्ने मान्छे को भन्ने प्रश्न गरिन । त्यसपछि महासचिव पाैडेलले माइन्युट अाफूले लेखेको बताए । लगत्तै उपसभामुखले भनिन् ‘तपाईंले लेखेको त्यो निर्णय फिर्ता लनोस, यसरी तपाईंहरूले निर्णय गर्न सक्नुहुन्न, म राजीनामा दिन्नँ। संविधानले संसद्को सभामुख रिक्त हुने व्यवस्था गरेको छैन, तपाईंहरूले सभामुख कसलाई बनाउने निर्णय लिनुभयो, त्यो निर्णय पहिले देखाउनुहोस्, छैन भने म राजीनामा दिन्नँ।’

उनले उपसभामुखबाट हटाउन अनुरोध गर्दै राजीनामा दिन अस्वीकार गरिन । उपसभामुख तुम्बाहाङफेले पार्टीले आफ्नो राजीनामाभन्दा पहिले सभामुखको उम्मेदवार को हुने निर्णय लिनुपर्ने र त्यो उम्मेदवारका रूपमा आफ्नो नाम नभए आफूले के कारणले राजीनामा दिनुपर्ने हो त्यो विषय लिखित रूपमै खुलाएर आफूलाई पत्र दिनुपर्ने बताएकी छिन । तुम्बाहाङफेको यो निर्णय अहिले सामाजिक सञ्जालको हटकेक बनेको छ ।

को हुन शिवमाया ? उनकै शब्दमा सुन्नुहोस्

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ११:४६