१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

बाँके-बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सकिन्छ : मुख्यमन्त्री शाही

२८ पुस, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउन सकिने सम्भावना रहेको बताएका छन् । मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा कर्णाली प्रदेशका सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे ।

उनले भने, “अझै पनि हामी त्यहाँ बृहत् छलफल गरी यो मुद्दालाई सबैको साझा र व्यापक बनाउन चाहन्छौँ।” –रासस

प्रकाशित मिति : 08:24