सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक तेस्राे पटक पनि स्थगित
२७ पुस, काठमाडौँ । सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक तेस्राे पटक पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुरा नमिल्दा बैठक स्थगित भएको हो । आइतबार बिहानैदेखि सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको थियाे । उक्त छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी भएकी थिइन् ।

दिउँसो १ बजे निर्धारित संसद बैठक सभामुखको कुरा नमिलेपछि आउँदो माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर, तुम्बाहाम्फेले राजीनामा नदिने अडान राख्दै आएकी छन् ।
प्रकाशित मिति : 12:59









