१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव स्वीकृत

२७ पुस, हेटौंडा । प्रदेश-३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ। प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने विपक्ष अर्थात् काभ्रेको धुलिखेलमा ३ मत आएको छ। स्वतन्त्र सांसद प्रेम तामाङले भने नाम र राजधानी दुवैमा नो भोट जनाएका थिए। प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभासदस्य रहेका छन्।

प्रदेश-३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ। यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो।

प्रकाशित मिति : 11:44