३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

आफैँलाई कन्चटमा गोली हानी प्रहरी हबल्दारद्धारा आत्महत्या

२७ पुस,जाजरकोट । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो ।

प्रकाशित मिति : January 12, 2020 at 10:35 am