११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

बग्दादको अनुरोध वासिङ्टनद्वारा अस्वीकार

२५  पुस, काठमाडाैँ । इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भन्नुभयो, “यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।”

“अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन । तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ ।” अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित छ जनाको मृत्यु भएको थियो ।

यस बिषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : January 10, 2020 at 10:25 pm