१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण

२५ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पामा आकस्मिक अवरतरण गराइएको छ । रुपन्देहीको भैरहवामा मौसममा खराबी आएका कारण पोखरेल सवार नेपाली सेनाको हलिकप्टर तानसेनको टुडिखेलमा आकस्मिक अवतरण गरिएको मध्यपश्चिम पृतनाका पृतनापती सिताराम खड्काले जानकारी दिए ।

नेपाली सेनाको आयोजनामा भोली बुटवलमा हुने खुल्ला जीतगढी म्याराथुन प्रतियोगिताको समुद्घाटनका लागि गएका पोखरेल मौसममा खराबी आएका कारण पाल्पामा आकस्मिक अवतरण गरेका छन । पोखरेल नेपाली सेनाको पाल्पाास्थित गोरखदल गणको गाडी चडेर बुटवलको कार्यक्रममा सहभागी हुनका लागि प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : 20:15