कानुन मन्त्रीमा भनुभक्त ढकाल र सहरी विकास मन्त्रीमा गोकुल बाँस्कोटा (विज्ञप्तिसहित)
२५ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सहरी विकास मन्त्री र कानुनमन्त्रीको जिम्मेवारी गोकुल बास्कोटा र भानुभक्त ढकाललाइ तोक्नु भएको छ । राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ कानुन मन्त्रालयको जिम्मेवारी बहन गर्ने गरी तोक्नु भएको छ ।

यसअघि दुबै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आउनु भएको थियो । समाजवादी पार्टीका उपेन्द्र यदाव र मोहमद इस्तियाक राइले राजिनामा दिएपछि दुबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्दै आउनु भएको थियो ।

प्रकाशित मिति : 18:46









