३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने २४ वर्षीय युवाको टिपरले किचेर हत्या

२५ पुस, धनुषा । धनुषामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने २४ वर्षीय एक युवाको टिपरले किचेर हत्या गरिएको छ । जिल्लाको मिथिला नगरपालिकामा शुक्रबार बिहान २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो । प्रहरीका अनुसार महतोले औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार मिथिला नगरपालिकाको वडा नम्बर ५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको जानकारी दिए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन्। साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्।

प्रकाशित मिति : January 10, 2020 at 9:35 am