फुलमाला लिएर प्रचण्ड भेट्न गएका नेकपाका कार्यकर्ता कुकुर हेरेर फर्किए
२४ पुस, काठमाडौँ । केही दिनअघि आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्याकर्तालाइ अनुहार पनि नदेखाइ काठमाडौँ फर्किएको पाइएको छ । नेकपाका स्थानीय एक नेताले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा मर्मस्पर्शी टिप्पणी लेखेपछि यो विषय सतहमा आएको हो । अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको कदमबासमा रहेका प्रधानपञ्चको घरमा बास बसेका थिए ।

बिहीबार नेकपाका स्थानीय नेता विदुर भारतीले प्रचण्डले कार्यकर्ता भेट्न नपाएको र आगामी निर्वाचनमा नेकपाले वडामै चुनाव हार्ने चेतावनी दिएका छन । फुलमाला लिएर बसेका कार्यकर्ताले अध्यक्ष प्रचण्डलाइ भेट्न नपाएपछि प्रधानपञ्चको घरमा रहेको कुकुर हेरेर फर्किएको उनले उल्लेख गरेका छन ।
भारतीको टिप्प्णी जस्ताको त्यस्तै
आकस्मिक खवर सुनियो ! प्रचण्ड कमरेड सिन्धुपाल्चोक आउनु भो । सबै कार्यकताले उत्साहीत भएर अग्नी कमरेडलाई फोन गरे । कमरेड प्रचण्ड आउनु भो ? जवाफ आयो, आईबक्स्यो ! तर तपाईहरुलाई हैन कमरेड मलाई आइबक्स्यो ! सबै कार्यकता चकित भए ! सबैको बुझईमा प्रचण्ड कमरेड अग्नी कमरेडमा बस्नु भयो ? तर अग्नी कमरेडले प्रचण्डलाई कदम्बास स्थित २५ बर्षे प्रधानपञ्च स्वर्गीय बीर बहादुर गिरी हवेलीमा लगेर राख्नुभयो । कदमबासका जनमोर्चा देखि माओवादीसम्मलाई भोट हालेका र जनयुद्धमा योगदान गरेका कुनै पनि कार्यकर्तालाई हवेलीमा प्रवेश दिएन ! बिहानै फुलमाल बोकेर हवेली पुगेका शहीद परिवर र सोझाकार्यकता गेटका दुई जर्मनी कुकुर हेरर फर्किए । प्रचण्डलाई भेट्न फुलमाला लिएर बाटोमा बसेका कार्यकतालाई बेवास्था गर्दै, कच्ची सडकमा धुलो उडाउदै बिहान सातै बजे प्रचण्ड कमरेड सवारीका गाडीहरु काठमान्डौ हुकिए । अनि पुरना कार्यकर्ता शिक्षकले प्रतिकृया दिए, अब यो वडामा पनि नेकपा हार्ने संकेत देखियो ।

प्रकाशित मिति : 23:00









