१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १४ निर्णय

२४ पुस, काठमाडौँ । गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।

द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरुको निरुपण गर्नका लागि अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा ८ सदस्सीय आवश्यक तयारी संयन्त्र गठन गरिएको छ । यस्तै धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरिएको छ ।

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ।

प्रकाशित मिति : 16:59