३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

मलेसियामा कार दुर्घटना परि २ जना नेपालीको घटनास्थलमै मृत्यु

२४ पुस, काठमाडाैँ । मलेसियामा कार दुर्घटना परि २ जना नेपालीको घटनास्थलमै मृत्यु भएकाे छ । बिहीबार बिहान मलेसियास्थित निलाईमा ट्रकसँग कार ठोकिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा दोलखाका राजकुमार श्रेष्ठ र सुर्खेतका रमेश पोखरेल रहेका छन् । श्रेष्ठ बिगत एक दशकदेखि मलेसियामा रेष्टुरेन्ट ब्यबसाय गर्दै आएका थिए भने पोखरेल सोही रेष्टुरेन्टमा काम गर्थे।

स्थानीय समयअनुसार बिहान करिब साढे ५ बजे उनीहरु निलाईकै हारतालीका ग्लोब कम्पनीका कामदारहरूलाई खाना पुर्‍याउन गएका थिए । उनीहरु सवार कार सोही दिशातर्फ गुडिरहेको ट्रकसँग ठोकिएको थियो ।

प्रकाशित मिति : January 9, 2020 at 11:36 am