औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष र महाप्रबन्धकबीच कुटाकुट (भिडियोसहित)
२३ पुस, काठमाडाैँ । औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडमा अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाबीच कुटाकुट भएको छ । अध्यक्ष बस्नेतले महाप्रवन्धक सिटाैलालाइ हाजिर समेत गर्न नदिएर मुक्का हानेका हुन । अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा अराजकता मच्चाएको भन्दै महाप्रवन्धक निकट कर्मचारी युनियनका पदाधिकारीले अध्यक्ष बस्नेतको कार्यकक्षमा तालाबन्दी गरेपछि विवादले उग्र रूप लिएको हो ।

कर्मचारीले तालबन्दी गरे पनि अध्यक्ष बस्नेत आफै ढोका फोरेर कार्यकक्षमा प्रवेश गरेका थिए । पछि उनैले महाप्रबन्धकलाइ कार्यालय प्रवेश गर्नबाट रोकेपछि कुटाकुटको अवस्था सिर्जना भएको हो । अध्यक्ष बस्नेतले महाप्रवन्धक सिटौलाले राजिनामा नदिएसम्म उनको कार्यकक्षमा ताला लागिरहने बताएका छन ।
भिडियो स्रोतः एभिन्युज खबर
प्रकाशित मिति : January 8, 2020 at 10:37 pm









