३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले मागेको भनिएको २० करोड घुसबारे छानविन गर

२३ पुस, काठमाडौँ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग २० करोड घुस मागेको भन्ने विषयमा सरकारले छानविन गर्नुपर्छ । यद्यपी यस विषयमा सरकार वा अन्य सरोकारवाला निकायबाट यसबारेमा आधिकारिक धारणा आएको छैन् ।

आरोपित उपाध्यक्ष गिरीले भने प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै आफ्नो मानहानी भएको र त्यसको कानुनी उपचार खोज्ने बताएका छन । बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। बुधबार नै पत्रकार सम्मेलन गरेका गिरीले आरोपको पुष्टि गर्न  भनेका छन ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंँले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागिएको आरोप  लगाएका थिए । झापामा रहेको बीएण्डसी कलेजका सञ्चालक प्रसाईँले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाए ।

प्रसाईँले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गरेका छन । आफूले रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको प्रसाईँको आरोप छ । यसमा सम्बन्धित निकायले छानविन गर्नु अावश्यक छ । तै चुप र मै चुपको अवस्था नहोस । यसमा अख्तियार दुरूपयोग अनुस्न्धान अायोगले नै छानविन गर्नु मनासिव हुन्छ ।

प्रकाशित मिति : January 9, 2020 at 12:00 pm