श्रीमतिबारे प्रेरणादायी भनाइहरु
पत्नीका बारेमा धेरै जोक बनाइन्छन त्यस्तै धेरै प्रेरणादायक भनाइहरु पनि छन् । तल तपाईले प्रेरणादायक, र हास्यास्पद पत्नीको बारेमा केहि पुराना भनाइहरू र पत्नी हितोपदेशको संग्रह भेट्टाउनुहुनेछ, जुन विभिन्न स्रोतहरूबाट संकलन गरिएको हो ।
” बिहे गर्नुमा खास बेफाइदा छैन , यदि श्रीमती असल परिन भने तिमी खुशी हुन्छौ खराब परिन भने तिमी दार्शनिक बन्छौ ” – Socrates
” सबै घरेलु उपचारहरू मध्ये, एक राम्रो श्रीमती सबै भन्दा राम्रो घरेलु उपचार हो । – Kin Hubbard
” प्रत्येक सफल पुरुषको पछाडि एक महिला हुन्छिन र ति महिला उसकी पत्नी हुन्छिन्।” – Groucho Marx
” न कहिल्यै तपाई भन्दा तल न कहिल्यै तपाईं भन्दा माथि सँधै तपाईंसँगै तपाइको जीवनसाथी ।” -Walter Winchell
” मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि मेरो श्रीमतीलाई मसँग विवाह गर्न राजि गराउने मेरो क्षमता थियो।” -Winston Churchill
” पत्नी एक मात्र त्यस्तो व्यक्ति हुन जसले पतिको हर गल्ति माफ गर्न सक्छिन ।” -Milton Berle
“एक पुरुष नारीको साथ बिना सफल हुन सक्दैन चाहे त्यो आमा हुन या त श्रीमती यदि यी दुवै एक पुरुषको साथ छन भन्यो त्यो पुरुष साच्चै भाग्यमानि हुन्छ ।” – Harold MacMillan
“श्रीमानले के कुराको ख्याल राख्छ यस कुराको ख्याल श्रीमानले भन्दा बढि श्रीमतीले गर्छिन ।” -Mother Jones
” यदि असल श्रीमती चाहनुहुन्छ भने उसै संग विवाह गर्नुहोस जो एक असल छोरी थिइन ।” -Thomas Fuller
” मेरि श्रीमती मेरो रक्षक हो, मेरी श्रीमती नै मेरो शक्ति हो। ” -Amit Kalantri
” श्रीमती खाना बनाउन जान्ने तर बनाउन नचाहने होइन, खाना बनाउन नजान्ने तर बनाउन चाहने खोज्नुहोस ।” -Robert Frost
“श्रीमतीले आफ्नो कुरा सुनोस भन्ने चाहनुहुन्छ भने अन्य महिलासंग कुरा गर्नुहोस त्यसपछि उनले तपाइको वाहेक कसैको कुरा सुन्दिनन ।” – Sigmund Freud
” इमान्दार र मायाँ गर्ने श्रीमती विवाहको गहना हो ।” – Lamar Cole
” पुरुष जति आफुलाई शक्तिशाली ठान्छन त्यो भन्दा दुइ गुणा बढि श्रीमती शक्तिशाली हुन्छन ।” -Ralph Waldo Emerson
“त्यो भाग्यमानी पुरुष हो,जसले सच्चा मित्र पाउँछ र त्यो धेरै भाग्यमानी पुरुष हो जसले त्यो आफ्नी पत्नीभित्र सच्चा मित्र पाउँछ। ” -Franz Schubert
” श्रीमती अर्धाङ्गिनि हुन्छिन र पनि जीवन पुरा गरिदिन्छिन । ” – John Steinbeck
” एक असल श्रीमतीले तपाईको सपनाहरुलाई तव पनि जीवित राख्छिन जव तपाईले विश्वास गर्न नै छाडिसकेको हुनुहुन्छ ।” -Michael J। Sullivan
” जव एउटा पुरुषले असल श्रीमती पाउँछ यसको प्रभाव सधै उसको मुहारमा मुस्कान बनेर झल्किन्छ ।” -Johann Wolfgang von Goethe
” श्रीमती जवानीको प्रियसी ,अधबैशे उमेरको सहयात्री र बुढेसकालको नर्स हुन यिनलाई सधै सम्मान गर ।” -Charles Reade
(यी भनाइहरूको संगालो सामाजिक सञ्जालबाट साभार गरिएको हो ।-सम्पादक)
प्रकाशित मिति : २३ पुष २०७६, बुधबार २१:५१