अनेरास्ववियूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठकमा अनिवार्य उपस्थित हुन संयोजक महरको अपिल
१९ पुस, काठमाडाैँ । अनेरास्ववियूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठकमा अनिवार्य उपस्थित हुन संयोजक र संयजोकले संयुक्त रूपमा अपिल गरेका छन । अनेरास्ववियूको संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रूपमा बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका हुन ।

अनेरास्ववियूले राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते बोलइएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै केहीदिन अघि पूर्णता दिएको थियो । साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् ।
अनेरास्ववियुले माघ पहिलो हप्तासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन ।
प्रकाशित मिति : 19:43









