३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

इरानमा १८० यात्रु सवार विमान दुर्घटना

२३ पुष, काठमाडाैँ । इरानमा १८० यात्रु सवार विमान दुर्घटना भएकाे छ । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।

फाइल फाेटाे

फ्लाइट राडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा सवार १८० यात्रु र चालक दलका सदस्यहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।

विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार १०:५१