लोकसेवा आयोगले माग्यो ५४८ नायब सुब्बा, यसरी दिन सकिन्छ दरखास्त
२३ पुस, काठमाडाैँ । लोकसेवा आयोगले ५४८ नायब सुब्बा मागेको छ । आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै ५४८ पदमा दरखास्त अाह्वान गरेको हो । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर दरखास्त माग गरेको छ । नायव सुब्बका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । सूचना अनुसार लोकसेवा आयोगको काठमाण्डाै, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिन्छ । दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : January 8, 2020 at 8:37 am









