मदिराले मातेका सशस्त्रका राईद्धयले विद्युत् प्राधिकरणको नोलाइट शाखाका कर्मचारी कुटे
२३ पुस, काठमाडाैँ । मदिराले मातेका सशस्त्र प्रहरीका दुई कर्मचारीले विद्युत प्रधिकरणको नोलाइट शाखामा कार्यरत कर्मचारी कुटेका छन । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईको कुटपिटबाट नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट शाखामा कार्यरत सूर्यबहादुर खत्री र सुवास खड्का घाइते भएका छन ।

राईद्धय सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत रहेको खुलेको छ । उनीहरू अहिले बाैद्ध बृत्तको नियन्त्रणमा रहेका छन । घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : January 8, 2020 at 8:25 am









