२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

न्याय परिषद् सदस्यमा निरौला नियुक्त

२२ पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लक्ष्मी निरालालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा उनलाई मंगलबार सदस्यमा नियुक्त गरेकी हुन्। काठमाडौँको मित्रपार्कका बासिन्दा निरौला वरिष्ठ अधिवक्ता हुन्।

यसअघि संघीय संसदको संसदीय सुनुवाई समितिले निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको थियो। न्याय परिषद् सदस्य पदम वैदिकले राजीनामा दिएपछि रिक्त रहेको पदमा निरालालाई नियुक्त गर्न सिफारिस गरिएको थियो।

प्रकाशित मिति : January 7, 2020 at 7:54 pm