१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

इरानका सैन्य कमान्डर सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु

२२ पुस, इरान । अमेरिकी ड्रोन हमलामा गत शुक्रबार इराकमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनमा ४० भन्दा बढी घाइते भएका छन् । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।


शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो। उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ। सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार १८:११