२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सिड्नी जुलुश प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराई यसो भन्छन

२२ पुस, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सिड्नी जुलुश प्रकरणमा मुख खोलेका छन । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत जुलुश रोकिएको भनेर आएका समाचार काल्पनिक र गलत भएको दाबी गरेका छन । उनले भनेका छन ‘काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’

भट्टराईले लेखेको पूरै टिप्प्णी यस्तो छ

अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !

यो पनि पढ्नुहोस्

-अनुमति बिना सिड्नीमा निकालिएको पर्यटनमन्त्री भट्टराई सहभागी जुलुशमा प्रहरीको रोक

जुलुशको भिडियो तल हेर्नसक्नुहुन्छ

प्रकाशित मिति : January 7, 2020 at 3:08 pm