अनुमति बिना सिड्नीमा निकालिएको पर्यटनमन्त्री भट्टराई सहभागी जुलुशमा प्रहरीको रोक
२२ पुस, काठमाडाैँ । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले निकालेको र्याली (जुलुश)लाई सिड्नी सुरक्षाकर्मीले रोकेको साउथ एसिया डट कम एयूले जनाएको छ । र्यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र भिक्टोरिया चन्द्र योन्जनसहितको टोली रहेको थियो।
कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै रोकिएको समाचारमा उल्लेख गरिएको छ । अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले र्यालीमा रोक लगाइएको बुझिएको छ । र्यालीको संख्यासमेत पनि धेरै भएको कारण बताइएको छ । यसले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको छ ।

एनआरएनएक पूर्व कोषाध्यक्ष डिला खरेलले सुरक्षाले दिएको जानकारी मन्त्री भट्टराईको टिमलाई गराएको समेत बताइएको छ । आयोजकको अव्यवस्थापनका कारण र्याली रोकिएको भन्दै र्यालीका सहभागीहरुले आयोजकप्रति आक्रोश पोखेको फ्रिलान्स पत्रकार प्रकाश हुमागाईले बताएका छन्। ओपेरा हाउससम्म जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अनि जवरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको थियो ।
लण्डन नेपाल न्युज डट कमले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको छ । जुन तलको लिंकमा हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : January 7, 2020 at 11:51 am









