नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीसँग डराए शेरबहादुर देउवा, निलम्बन गर्ने तयारी
२२ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीसहित अन्य चार जिल्लाका सभापतिसँग त्रसित बनेका छन । सार्वजनिक मञ्चबाट चेतावनी दिनेदेखि संस्थापन बाहेकका कांग्रेस नेताहरूको भेला गरेर देउवाविरूद्ध सशक्त मोर्चाबन्दीको नेतृत्व गरेपछि देउवा त्रसित बनेका हुन । केसीले नुवाकोटमै पाहुना भएर गएका देउवालाइ सोही मञ्चमा कांग्रेसभित्र गुटको राजनीति नगर्न चेतावनी दिएका थिए ।
केन्द्रको सर्कुलर विपरित सभापति केसीले नुवाकोटको विभिन्न गाउँसम्पर्क मञ्चदेखि विभिन्न विभाग बनाएर कार्यकर्तालाइ विभिन्न जिम्मेवारी दिएर मोटिभेट गरिरहेका छन । जुन देउवा गुटले पार्टीविरूद्धको गतिबिधिको रूपमा लिएका छन । देउवाले केसीसहित पाँच जिल्लाका जिल्ला सभापतिहरुलाई निलम्बन गर्ने तयारी गरेका हुन् । पार्टीको निर्णय र निर्देशनबिरुद्ध गतिविधि गरेको भन्दै देउवाले पाँच जिल्लाका सभापतिहरुलाई निलम्बनसम्मको कारवाही गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले लगातार पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देउवा समुहले बहुमतका आधारमा १४ औं महाधिबेशनको मिति तोक्नेदेखि पार्टीको विभागहरु बढाउनेसम्मको निर्णय गरेको थियो । निर्णयका बिरुद्ध जिल्ला सभापतिहरुको भेला बोलाउन सक्रिय रहेका पाँच जिल्ला सभापतिहरु देउवाको कारवाही सूचिमा परेका छन् ।
पाँच जिल्ला सभापतिहरुलाई पार्टीसभापतिले पत्र नै लेखेर निर्णयबिरुद्ध नजान निर्देशन दिएका थिए । तर उनीहरूले देउवाको निर्देशन धोति लगाइदिए । आफुबिरुद्ध जिल्लादेखि केन्द्रसम्म घेराबन्दी गर्न खोजेपछि देउवा पनि कडारुपमा प्रस्तुत हुन थालेका छन् । देउवाले केसीसहित पाँच सभापतिलाइ निलम्बन गर्न आफु निकटका नेताहरुलाई सोमवार साँझ बुढानीलकण्ठमा बोलाएका थिए । सो भेलामा नुवाकोटका केसीसहित कास्कीका सभापति कृष्ण केसी, धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन र झापाका सभापति उद्धव थापालाइ निलम्बन गर्ने निष्कर्ष निकालेका छन ।
प्रकाशित मिति : 08:59









