२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अनेरास्ववियूको गलत निर्णयविरूद्ध लड्न नेकपा वरिष्ठ नेता झलनाथ खनालको निर्देशन

२० पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अनेरास्ववियूको एकताको सम्बन्धमा भएको पछिल्लो निर्णय विभेदकारी रहेको भन्दै आफू निकटका विद्यार्थी नेतालाइ विरूद्धमा लड्न निर्देशन दिएका छन । आइतबार पार्टीका आफू निकटका विद्यार्थी नेताहरूसँगको सामाूहिक भेटमा पूर्वप्रधानमन्त्री खनालले सिनियरलाई पाखा लगाएर गरिएको निर्णयविरुद्ध लड्नु पर्ने र त्यसमा आफ्नो साथ रहने बताएका हुन ।

पूर्व प्रधानमन्त्री खनाल ।

वरिष्ठ नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराइका अनुसार तत्कालीन एमाले निकटको पूर्व अखिलमा पनि एकताको भावना कुल्चिएको भन्दै विद्यार्थी नेताहरुले खनालको ध्यानाकर्षण गराएका हुन् । भट्टराइका अनुसार उनीहरूले नेताहरु बसेर टुंग्याएर गरेको सहमतिको अन्तिम नामावली बाहिर आउँदा तोडमोड गरिएको, तलका जुनियर कार्यकर्ता आफ्नो नजिक भएका आधारमा सिनियर नेताहरुमाथि अन्याय गरिएको, बनाइएको मापदण्ड, विधि तथा प्रक्रियालाई लत्याइएको भन्दै खनालका साथै कृषिमन्त्री घनश्याम भुसाललाई पनि भेटेर ध्यानाकर्षण गरेका थिए ।

विद्यार्थी नेतृ लमा ।

खनालको ध्यानाकर्षण गर्दै विद्यार्थी नेतृ आरती लामाले केही व्यक्तिले संगठनलाई आफ्नो विर्ताको सम्पत्तिजस्तो ठानिरहेको र त्यसैका आधारमा योग्य कार्यकर्तालाई पाखा लगाएर गोजीका मानिसहरु भरेर संगठनलाई कमजोर पार्न खोजिएको आरोप लगाइन । उनले भनिन्, ‘ अनेरास्ववियू कसैको निजी क्लब नभएकाले कार्यकर्तामाथि भएको अन्यायलाई कुनै मानेमा पनि करेक्सन गरिनेछ र संकिंर्ण व्यक्तिको पन्जाबाट संगठनलाई आम कार्यकर्तासंग जोडिनेछ ।’

यो पनि पढ्नुहोस् 

-अनेरास्ववियूको एकतामा तत्कालीन क्रान्तिकारीका एक दर्जन नेताको असन्तुष्टि (विज्ञप्तिसहित)

-अनेरास्ववियुको राष्ट्रिय भेला पुस २७ मा, केन्द्रीय कमिटी बैठक पुस २८ गते बस्ने

-अनेरास्ववियूको ३३५ सदस्यीय केन्द्रीय कमिटी र २१/२१ सदस्यीय तीन आयोगको घोषणा (सूचीसहित)

प्रकाशित मिति : January 5, 2020 at 9:50 pm