गृहमन्त्री थापा साताव्यापी चीन भ्रमणका लागि बेइजिङ प्रस्थान
२० पुस, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ साताव्यापी चीन भ्रमणका लागि बोइजिङ प्रस्थान गरेका छन । अाइतबार बिहान गृहमन्त्री थापा बेइजिङ प्रस्थान गरेका हुन । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा आइतबार चीनको बोइजिङ प्रस्थान गरेको जानकारी दिएका छन् ।

भ्रमणको क्रममा थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्। गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : 22:17







