पूर्वप्रधानमन्त्री नेपालद्वारा महाकाली नदीमा निर्माणाधीन पुलको अवलोकन
२० पुस, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताउनुभयो ।

नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति : January 5, 2020 at 12:11 pm









