२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

काठमाडौँबाट धुन्चे जाँदै गरेको यात्रुबहाक बस मुलखर्कको भीरबाट खस्दा २ जना घाइते

१९ पुस, काठमाडौँ । काठमाडौँबाट धुन्चे जाँदै गरेको यात्रुबहाक बस मुलखर्कको भीरबाट खस्दा २ जना घाइते भएका छन । शनिबार अपरान्ह मुलखर्कको भीरबाट प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस दुर्घटनामा परेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन ।  मुलखर्कको उकालोमा बस नचढेपछि ह्याण्ड ब्रेक लगाएर चालक समेट ओट राख्न तल झरेको समयमा बस पछि गुडेर भीरबाट खसेको भण्डारीले बताए ।

दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन । बसमा ९ जना सवार रहेको भए पनि अन्यको अवस्था सामान्य रहेको छ । उनीहरूको अर्को सवारीको प्रयोग गरेर घर फर्किएका छन ।

प्रकाशित मिति : January 4, 2020 at 5:38 pm