प्रधानमन्त्री ओली अस्पतालमा
१८ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज ( शुक्रबार) डायलाइसिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको अहिले डायलाइसिस प्रक्रिया चलिरहेको उनकी निजी चिकित्सक डा दिव्य सिंह साहले जानकारी दिइन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको कात्तिकदेखि मिर्गौलामा फेरि खराबी देखिएको थियो । उनको सातामा एकपटक नियमित रुपमा डायलाइसिस गरिँदै आएको छ ।
प्रकाशित मिति : January 3, 2020 at 5:35 pm







