अमेरिकी सेनाको कारबाहीमा इरानका एक वरिष्ठ कमाण्डर मारिए
१८ पुस, रासस/सिन्ह्वा । अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको जनाएको छ । अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टी गरेको हो । “अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीका क्रममा क्वासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानी मारिएको पेन्टागनले जानकारी दिएको छ । वक्तव्यमा इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ । वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ । यस समयमा अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको प्राप्त समाचारमा जनाइएको छ ।
इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिनुभएको थियो । इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हेलिकोप्टरबाट आक्रमण गरेर मारेको जनाएको छ । देश बाहिर गोप्य गतिविधिहरू गर्नेगरी सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ता स्थापना गरिएको थियो ।
प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १४:३७