१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

देउवाकै कारण आगामी चुनावमा कांग्रेस जिरो हुन्छः नेतृ कोइराला

१८ पुस, वुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणी गरेकी छिन । सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउँदै उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने दाबी गरिन । वुटवलमा शुक्रबार प्रेस युनियनले गरेको कार्यक्रममा देउवा नै पार्टी सभापति रहे मैले नै चुनवमा कांग्रेसलाइ भोट दिनेबारेमा सोच्ने छु ।

उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ नेतृत्वले अहिलेबाटै ध्यान दिनु पर्ने बताइन् ।  सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ । कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । शशंाक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गरिन ।

प्रकाशित मिति : 12:38