२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कलाकारकाे हत्या प्रयास गर्ने नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी

१८ पुस, कपिलवस्तु । कलाकार श्यामकुमार मिश्रकाे हत्या गर्न खाेज्ने नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलबस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएकाे छ ।

शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ । शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै कलाकार मिश्रले इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

शाहविरुद्ध उजुरी जारी गरेपछि प्रहरीले शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुसँग अनुमति मागेको थियो । अदालतले पक्राउ पूर्जी जारी गर्ने आदेशसँगै शाहलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति : January 3, 2020 at 12:34 pm