नुवाकोटको थानसिङमा उपभोक्ता समिति विवादः नेकपा र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान
१८ पुस, नुवाकोट । ३० लाखको बाटोको उपभोक्ता समितिको नेतृत्व कसले गर्ने भन्ने विवादमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ थानसिंङमा खुकुरी हानाहान भएको छ । बिहीबार दिउँसो नेकपा र कांग्रेसका कार्यकर्ता उपभोक्ता समिति गठनको विषयमा विवाद भएपछि एकअर्काको अाक्रमणमा उत्रिएका हुन ।
वडा नम्बर ५ दोबाटेमा रहेको दोबाटे–आठविसे–डि बगैचा सडकको उपभोत्ता समिति गठनको विषयलाई लिएर नेकपा र कांग्रेस कार्यकर्तावीच झडप भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ । झडपमा ५ जना घाइते भएका छन । नेकपाका तीन र कांग्रेसका तीन कार्यकर्ता घाइते भएका छन ।

उपभोक्ता समितिको नेतृत्वमा अरूले दाबी गर्न नसक्ने भन्दै सुरूमा कांग्रेस कार्यकर्ताले अाक्रमण गरेको राष्ट्रिय युवा संघ नुवाकोटले जनाएको छ । संघले विज्ञप्ति नै प्रकाशित गरी कांग्रेस नेता विनोद पाठकको नेतृत्वमा निर्भिक पाठक, प्रकाश पाठक र सञ्जिव पाठक लगायतले अाक्रमण गरी गाडी समेत तोडफोड गरिदिएको बताएको छ । उसले विज्ञप्ति मार्फत घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही नगरे उत्पन्न हुने परिस्थितिको जिम्म प्रशासननले लिनुपर्ने चेतावनी दिएको छ । झडपमा नेकपाका कार्यकर्ताहरू रामनारायण श्रेष्ठ अार्यन, डोलबहादुर घले र सनम श्रेष्ठ गम्भीर घाइते भएको संघले जनाएको छ ।
यस्तै कांग्रेसले झडपमा परी ३ जना घाईते भएको जनाएको छ । घाइते हुनेमा तरुण दल थानिसिंहका अध्यक्ष निर्भिक पाठक, जयराम राई र गोपाल राई रहेका छन । वडा नम्बर ५ को कार्यालयले उपभोत्ता समिति गठनका लागि बोलाएको बैठकमा एकाएक नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरेको पाठकले अारोप लगाएका छन । ३० लाखको उपभोक्ता समिति गठनका विषयमा विवाद भएको हो । युवा संघले जारी गरेको विज्ञप्ति तल

प्रकाशित मिति : January 3, 2020 at 11:44 am









