१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्याउँदै कांग्रेस

१८ पुस, काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको नाम टुंगो लगाउँदै छ । आज बस्ने पदाधिकारी बैठकले नाम टुंग्याउने एक केन्द्रीय सदस्यले दैनिकीलाई जानकारी दिए ।

राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न पार्टी केन्द्रीय मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले यसको सबै जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार आज पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कार भने कायमै थियो । पुस ११ गतेको केन्द्रीय समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै पौडेल पक्षले केन्द्रीय समिति बैठक लगातार बहिष्कार गर्दै आएको छ । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।

प्रकाशित मिति : 09:55