१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

तोक्ला त सचिवालय बैठकले सभामुखको उम्मेदवार ?

१८ पुस, काठमाडौं नयाँ सभामुखको उम्मेदवार कसलाई बनाउने भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यो प्रश्न पेचिलो बन्दै गएको छ । सभामुखको उम्मेदवार कसलाई बनाउने भनेर अहिले नेकपाको सचिवालय बैठक बस्ने तयारी भइरहेको छ ।

यता हिजै बसेको सचिवालय बैठकमा राष्ट्रियसभा चुनावको उम्मेदवार छनोटका विषयमा छलफल हुने भनिए पनि कुनै निर्णय नहुँदा आजको बैठकले यसबारे पनि निकास निकाल्न सक्ने सम्भावना छ ।

राष्ट्रिय सभाको १८ सिटमध्ये २ सिट राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुंग्याउनु पर्नेछ । योभन्दा त झन् संघीय संसदको सभामुखको उम्मेदवार तय गर्न नेकपालाई गाह्रो भएको अवस्था छ ।

एक नेताका अनुसार आजको सचिवालय बैठकले यी सबै विषयमा टुंगो लगाउने तयारी छ ।

प्रकाशित मिति : 08:51